माओबादीका नेता बिरवलको निधन

पाल्पा । नेकपा माओबादी केन्द्र, पाल्पाका नेता गिर बहादुर थापा (बिरवल) को ४१ बर्षको उमेरमै निधन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटिका सचिवालय सदस्य तथा तत्कालिन पाल्पा जिल्ला संयोजक थापाको उपचारका क्रममा मंगलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो ।

जनयुद्धकाल देखिनै सरल, इमान्दार र कर्तव्यनिष्ठ नेताको रुपमा परिचित थापा केही बर्ष अघि देखि नै मधुमेह लगाएतको समस्यामा रहनुभएको थियो ।

पश्चिम पाल्पाको रैनादेबी छहरा गाउँपालिका १ सिद्धेश्वर निवासी थापा अहिले तिनाउँ गाउँपालिको दोभानमा बस्दै आउनुभएको थियो ।

स्वर्गिय थापाको श्रीमती, र १३ अनि ९ बर्षकी गरि २ छोरी रहनुभएको छ । उहाँको आजै रिडिघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया