शौक्षिक सामाग्री बोकेर पाल्पा प्रहरी विद्यार्थीमा

पाल्पा । पाल्पाको तानसेन नगरपालिका ९ स्थित तिन्टीआँप प्राविमा अध्ययनरत बालबालिकालाई स्टेशनरी सामान वितरण गरिएको छ ।

कक्षा १ देखि ५ सम्मका ६८ जना विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा ९ का वडा अध्यक्ष हरि सुमन रेग्मी, सामुदायिक सेवा केन्द्र तानसेन पाल्पाका अध्यक्ष जय प्रकाश उप्रेती, शैक्षिक सामग्री सहयोग दाता निर्मला न्यौपाने उपस्थितीमा शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

शौक्षिक सामाग्रीहरुमा कपि, कटर, इरेजर र पेन्सिल लगायतका समान रहेको छ । समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पाल्पामा यो कार्यक्रमलाई निरन्तरता प्रदान गरेको प्रहरीको दावी छ ।

तपाईको प्रतिक्रिया