
पाल्पा । रैनादेवी छहरा गाउँपालिका पाल्पाले आयोजना गरेको तीन दिने दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको त । प्रतियोगीतामा छहरास्थित भैरब नबदीप माबि प्रथम हुन सफल भएको छ । त्यसैगरी दोस्रो स्थानमा गौरा मावि र तेस्रोमा गुहाठानाको गुहाठाना माविले हासिल गरेको छ । गाउँपालिकाभित्रका १२ माबिका छात्र छात्राले प्रतियोगीतामा सहभागीता रहेका थिए ।भैरब नबदीप मा बि ले रास्ट्रपति रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । उत्कृष्ट हनेहरुलाई मेडल, प्रमाणपत्र, रनिङ शिल्ड टफी लगायतले सम्मानित भएका थिए । गाउपालिका अध्यक्ष राम बहादुर कार्कीले खेलकुद प्रतियोगीताका मध्यमबाट रैनादेवी छहरालाई चिनाउन सकिने बताए । महत्वपूर्ण प्रतियोगीतालाई सम्पन्न गर्न सहयोग गनर्् सबैलाई धन्यवाद दिए ।