तानसेनमा अवैध काठसहित चार जना पक्राउ

पाल्पा। पाल्पाको तानसेनमा अवैध काठसहित चार जना पक्राउ परेका छन् । तानसेन नगरपालिका १ स्थित चिलाङ्दीमा अस्थायी प्रहरी चौकी भुषालडाँडाले चिलांदी हुँदै तानसेन ल्याउदै गरेको लु २ त ८६१६ नं को ट्याक्टरलाई चेकजाँच गर्ने क्रममा अवैध काठ भेटिएको थियो । विना कागज प्रमाण अवैध रुपमा सालको काठ अं ३५.१० क्यूएफ फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वाती बताए । ट्याक्टर चालक सहित ४ जना अभियुक्तहरुलाई अवैध काठ सहित नियन्त्रणमा लिई डिभिजन वन कार्यालय पाल्पा बुझाईएको छ । अनुसन्धान कार्य जारी ।

तपाईको प्रतिक्रिया