
पाल्पा ।तिनाउ गाउँपालिकाको दोभानमा लागुऔषत सहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी दोभानले बुटबलबाट पाल्पा आउदै गरेको सवारी साधन तथा शंकास्पद मानिसहरुको चेक जाँच गर्ने क्रममा पैदल यात्रीसँग लागु औषत भेटिएको हो । जिल्ला स्याङ्जा वालिङ नगरपालिका वडा ९ राउतडाँडा बस्ने बर्ष २५ को सुमन गाहाको शरीरमा खानतलासी गर्दा ठूलो मात्रामा लागुऔषत भेला परेको हो । फेनेरागन ७० वटा, नुफिन ३३ वटा ९२।५ को सिसि र सिरिन्ज थान २ बरामद गरी निजहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए । थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको दावी छ ।