काठमान्डौं । सरकारले देशभरका शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको हुँदा २० गतेसम्मका लागि विद्यालय बन्द गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

लामो समयको खडेरीले हावा सुक्खा भएको र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएको हुँदा मौसम प्रतिकूल भई स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्ने हुँदा विद्यालय बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया