भैरवस्थानमा सञ्चालित साँस्कृतिक महोत्सव सकियो

पाल्पा। पाल्पाको भैरवस्थानमा सञ्चाालित विविध साँस्कृतिक महोत्सव सकिएको छ ।

रिब्दीकाट गाउँपालिका ४ र भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत १० गते देखि १७ गते सम्म सञ्चालित सप्ताहाव्यापी साँँस्कृतिक महोत्सव सम्पन्न भएको हो । गाउँपालिकाभित्रका ऐतिहासिक फागु, सोरठी, भजन, लाखे नाच, पञ्चेबाजा एवम कला र सस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

महोत्सवका अन्तिम दिन रिब्दीकोटमा रयालीमा करिब १५ टोलीहरूको सहभागीता रहेको थियो । रिब्दिकोट गाउँपालिका भित्रका ८ वटै वडाहरूमा नाचिने नाच,फागु,पञ्चेबाजा,सोरठी लाखे नाचहरू प्रदर्शन गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले पछिल्लो समयमा परम्परागत रूपमा मनाइने चाडपर्व परम्परागत, कला सस्कृति प्रचार प्रसारको अभावले गर्दा लोप हुने अवस्था पुगेको बताउदै गाउँपालिकाले कला संस्कृतिक संरक्षण गरि नया पुस्तामा हस्तान्तरण गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता धनेन्द राज घिमिरे, राप्रपाका डुल बहादुर कुँवर लगायतले रिब्दिकोट गाउँपालिकाले सप्ताहा व्यापी रूपमा सास्कृतिक महोत्सव आयोजना गरि कला र सस्कृतिको संरक्षण एवम पुस्ता हस्तान्तरणमा महोत्वपुर्ण काम गरेको बताए ।

त्यस्तै कार्यक्रमकि संयोजक एवम उपाध्यक्ष लक्ष्मी खनालले सास्कृतिक महोत्सव निकै सफलता पुर्वक सम्पन्न भएको बताइन ।

नाच एवम कला सस्कृति प्रदर्शनको माध्यमबाट नया पुस्तालाई सिकाउने अवसरको साथ साथै कला र सस्कृतिको प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन वृद्धि सँगै रिब्दिकोट गाउँपालिकालाई पर्यटकीय माध्यमबाट समृद्ध बनाउने उद्देश्यले सास्कृतिक महोत्सव राखिएको उनले बताइन ।

कार्यक्रम सहसंयोजक एवम भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारी रिब्दिकोटको फागु नाच लाखे नाचको छुट्टै पहिचान रहेको बताउदै यसलाई संरक्षण र प्रचार प्रसारमा आफुहरू लागि रहेको बताए।

जब कला र सस्कृतिको संरक्षण हुन्छ तब मात्र नेपालीको अस्तित्व रहने बताउदै ती कला सस्कृतिको संरक्षण सँगै पाल्पा भैरव मन्दिरको संरक्षणमा जुटेको उनले बताए ।

चैत १० गते सरसफाइ कार्यक्रमबाट शुरू भएको उक्त महोत्सव रक्तदान,सेन वंशीय इतिहास सम्बन्धि अन्तरकृया, भलिबल प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, चिर पोल्ने कार्यक्रम, फागु उत्सव र झ्याकी ग्याली सहित सम्पन्न गरिएको गरिएको हो ।

प्रतियोगिताको अन्तिम दिन प्रतियोगितामा विजयी टिमहरूलाई पुरस्कार वितरण गरिएको थियो । रयालीमा सहभागी समुहरुलाई व्यवस्था सहित कदर पत्रले सम्मान गरिएकको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer