पाल्पा । पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा तानसेन नगरभित्रका तथा अस्पतालका १० सहित थप १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
संक्रमित मध्ये १० जना पुरुष तथा ४ जना महिला रहेका छन् ।
योसंगै पाल्पामा हालसम्म दुई हजार २ जनामा संक्रमण पुष्टि भएको छ भने, हालसम्म ३८ जना संक्रमितको मृत्यु भएको छ । पाल्पामा हाल २७ जना शकृय सक्रमित रहेको स्वास्थ्य कायालयले जनाएको छ ।