TRENDING :

काठमान्डौं। रुपन्देहीको कालिका मानवज्ञान माविका प्रधानाध्यापक सहित ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ ।

करिब ८ हजार विद्यार्थी अध्ययरत रहेको सो बिद्यालयमा आफु सहित शिक्षकहरु कोरोना संक्रमणमा परेपछि विद्यार्थीलाई संक्रमणबाट जोगाउन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुहरी ज्ञवालीले बताए ।

कक्षा १० को परिक्षा संचालन भैरहेका कारण थप तीनदिन मात्र सञ्चालन गर्ने र अन्य कक्षा केही समय अनलाइनमार्फत संचालन गर्ने निर्णय विद्यालयले जनाएको छ ।

रुपन्देहीमा हालसम्म एउटै विद्यालयमा यति धेरै संख्यामा कोरोना देखिएको यो पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया