तानसेन । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको माथागढी गाउँपालिका वडा नं.–५ सुर्काबासस्थित गोठादी सुनवल कच्ची सडकखण्डमा नवलपरासीको सुनवलबाट चुनढुङ्गा लिन रहबास आउदै गर्दा लु २ ख ३६३६ नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक सल्यान जिल्ला बस्ने ३७ वार्षीय राम बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक लक्ष्मण पचभौंयाका अनुसार टिपर अनियन्त्रित भई सडकबाट १०० मीटर तल खस्दा उनको मृत्यु भएको हो ।

दुर्घटनाकाे कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जाएको छ ।

तपाईको प्रतिक्रिया