रुपन्देहीमा उच्च ज्वरोले एक छात्राको विद्यालयमै मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा पढ्ने एक छात्राको शनिबार मृत्यु भएको छ।कोरोनाको जोखिम हुँदासमेत विद्यालय सञ्चालन गरेको र उच्च ज्वरोकै कारण छात्राको मृत्यु भएको अभिभावकले बताएका छन्।

विद्यालयको छात्राबासमा बसेर १० कक्षामा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको मृत्यु भएको हो। २ दिनदेखि ज्वरो आएकी विद्यार्थी सापकोटाको उपचारमा विद्यालयले ध्यान नदिँदा मृत्यु भएको अभिभावकको आरोप छ।

बालिकामा २ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिए पनि विद्यालयले शनिबार मात्रै अभिभावकलाई जानकारी दिएको थियो।

सरकारले जाखिम उठाएर अध्ययन अध्यापन नगराउन भने पनि प्यारामाउण्ट विद्यालयमा भने अहिले परीक्षा चलिरहेको छ। मृतक किशोरीको घर गुल्मीको मजुवा हो। विद्यालयका अन्य विद्यार्थीहरुलाई रुघा, खोकी र ज्वरो आएको छ।

अभिभावक र विद्यार्थीहरुको दबाबपछि भने विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरुको पीसीआर परिक्षणका लागि स्वाव संकलन गराएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer