TRENDING :

पाल्पा । पाल्पामा आइतबार मात्र थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाल्पामा ३५ जनाको पिसिआर परीक्षणमा २४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

कोरोना संक्रमितहरुमा माथागढी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा ३ जना, रैनादेबी गाउँपालिकामा ५ जना, रम्भामा १ जना, तिनाउमा ४ जना, रिब्दीकोट १, तानसेन र तानसेनस्थित अस्पतालमा ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

हाल सम्म अस्पतालमा ४७ जना उपचारमा रहेका छन । होम आइसोलेसनमा ३ सय ८९ मा रहेको सूचना अधिकारी पन्थीले बताए ।

तपाईको प्रतिक्रिया