पाल्पामा सोमबार थप ७३ जनामा कोरोना संक्रमण

पाल्पा । पाल्पामा सोमबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाल्पामा ९७ जनाको पिसिआर परीक्षणमा ७३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

कोरोना संक्रमितहरुमा माथागढी गाउँपालिकामा ३ जना, रामपुर नगरपालिकामा २ जना, रैनादेबी गाउँपालिकामा १ जना, रम्भामा १ जना, पूर्बखोला गाउँपालिका र बगनासकाली गाउँपालिकामा ५ ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यसैगरी तिनाउ गाउँपालिका, निस्दी गाउँपालिकामा २२ जना रिब्दीकोट गाउँपालिकामा ४ जना, तानसेन र तानसेनस्थित अस्पतालमा ४८ जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी पन्थीले बताए ।

पाल्पामा कोरोना परीक्षणको दायरामा कमी आएको छ । तर, कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । गत हप्तामा सोमबार कोरोना संक्रमितहरु बढी रहेको स्बास्थ्य कार्यालयले जनाएको छ ।

हाल सम्म अस्पतालमा ३८ जना उपचारमा रहेका छन । होम आइसोलेसनमा ४ सय ७० जना जम्म ५०८ कोरोना संक्रमित रहेको सूचना अधिकारी पन्थीले बताए ।

तपाईको प्रतिक्रिया