बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

बुटवल । रुपन्देहीका थप दुईजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका– १ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित  कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार दुबैजना बैशाख २२ गते अस्पतालको आइसियुमा भर्ना भएका थिए । उनीहरुमध्ये ४८ वर्षीय पुरुषको गएराति ११ बजे र ३० वर्षीया महिलाको शनिवार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको प्रवक्ता गौतमले बताए ।

तपाईको प्रतिक्रिया