एसईई र कक्षा १२ को परीक्षा स्थगित !

काठमान्डाैं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डले निर्णय गरेको  छ ।

कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको  बोर्डले जनाएकाे छ ।

बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने समय तालिका सार्वजनिक गरेको थियो ।

तपाईको प्रतिक्रिया