पाल्पाका दुई अस्पतालमा गरि ५ जना संक्रमितको मृत्यु!

तानसेन । पाल्पामा शुक्रबार मात्रै थप ५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार थप ५ जना कोरोना भाइरस विभिन्न अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ३ जना लुम्बिनी मेडिकल कलेजमा उपचाररत तथा दुई जना युनाइटेड मिसन अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

मिसन अस्पतालमा मृत्यु हुनेमा तानसेन नगरपालिका–१ की ७४ वर्षीय महिला तथा तानसेन नगरपालिका–१, का ५९ वर्षीया महिला रहेको सूचना अधिकारी पन्थीले बताए । उनीहरु दुवको केही दिन अघि ऐन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै लुम्बिनी मेडिकल कलेजमा उपचाररत रामपुर नगरपालिका–८, का ५९ वर्षीय पुरुष, तानसेन नगरपालिका–२, का ७८ वर्षीय पुरुष र गुल्मीका ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएके स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरु तीनै जनाको केही दिन अघि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । थपिएका मृतकसंगै पाल्पामा हालसम्म ६३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

जिल्लामा हाल एक हजार ३ सयबढी सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्याय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया