तेस्रो चरणको निषेधाज्ञामा के खुल्ने के नखुल्ने हेर्नुहोस निर्णयहरुः

तानसेन । पाल्पामा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मलाई थप गरिएको छ । दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते रातीसम्मका लागि गरिएको थियो ।

सोमबार बसेको जिल्ला काभिड संकट व्यवस्थापन केन्द्रको बैठकले तेस्रो चरणमा आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए ।

थपिएको समयवधीमा खाद्यान्न तथा तरकारी पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिने निर्णय गरिएको छ भने बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गरिएको प्रजिअ पाण्डेले बताए ।

थप गरिएको समयावधीमा औषधि उपचार र अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर निस्कन नपाईने प्रजिअ पाण्डेयले बताए । अन्य सेवाहरुमा अत्यावश्य सेवाका सवारीहरु एम्बुलेन्स, दमकल, शव वाहन, खाद्य दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ बोक्ने सवारी मात्रै संचालन हुने भएका छन् ।

यस्तै सरकारी कर्मचारी, स्वास्थ्यका कर्मचारी, प्रेस पास बोेकेका संचारकर्मी तथा उनीहरुले प्रयोग गर्ने सवारी संचालन हुनेछन भने अन्य सबै सवारी पूर्ण रुपमा बन्द गरिने छ ।

यस्तै औषधि पसल चौविसै घण्टा खुला रहने छन भने स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल बाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द रहने गर्ने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै कुनै सभा समारोह गर्न पाईने छैन भने बिवाह, वर्तबन्ध जस्ता कार्यमा समेत घर परिवारका सदस्य मात्र समावेश भएर १० जनासम्म मात्र भेला हुन पाइने व्यवस्था गरिएको  र सबै मठ मन्दिरहरूमा तृत्य पुजा मात्रै संचालन हुने पनि स्थानीय प्रशासानले जनाएको छ ।

 


हेर्नुहोस निर्णयहरुः

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer