
तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप १४१ जना संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार शनिवार ५६ जना महिला तथा ८५ जना पुरुषले कोरोना जितेका हुन । उनीहरुमध्य केही अस्पताल, केही स्थानीय तहका आइसोलेशन तथा अधिकांश होम आइसोलेशनमा बस्दै आएका रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओप्रकाश पन्थीले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर तथा एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ५९ जना पुरुष तथा ४७ जना महिलामा संक्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले बताए ।
हाल जिल्लामा एक हजार ४६० जना कोरोनाका सक्रिय संक्रमित रहेको पनि सूचना अधिकारी पन्थीले बताए ।
जसमध्ये ८७ जना अस्पतालको आइसोलेशन, ८० जना स्थानीय तहले निर्माण गरेका आइसोलेशन तथा १३७३ जना होम आइसोलेशनमा बस्दै आएका छन् ।