मंगलबार थप १४५ जनामा कोरोना पुष्टि

तानसेन । मंगलबार पाल्पामा थप १४५ जनामा कोरा भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८४ पुरुष तथा६१ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

विभिन्न स्थानमा गरिएको पिसिआरमा १ सय १९ जना तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७९ जना संक्रमित संक्रमण मुक्त भएका छन् । विभिन्न स्थानको आइसोलेश तथा अस्पतालमा उपचाररत ३७ महिला तथा ४२ जना पुरुष संक्रमण मुक्त भएके स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

हाल जिल्लामा एक हजार ४३१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया