लायन्स क्लबहरुले गरे अक्सिजन सिलिण्डर सहयोग

राजेन्द्र लिगल
पाल्पा । हामी सेवा गर्छौ भन्ने उदेश्य स्थापना भएका पाल्पाका लायन्स क्लब र एन आर एन कंगोको सहयोगमा अक्सिजन सिलिण्डर वितरण गरिएको छ ।

पाल्पा अस्पतालसंगै जिल्लाका दशै स्थानीय तहहरुमा रिफिल गरिएको अक्सिजन सिलिन्डर वितरण गरेको क्लबहरुले जनाएका छन् ।

अहिले स्वास्थ्य समस्या परेको समयमा ‘हामी छौ’अभियान अन्तर्गत सबैको सहयोगमा अक्सिजन सिलिण्डर सहयोग गरेको एरिया सह संयोजक शसी श्रेष्ठले जानकारी दिइन् ।

सहयोग कार्यक्रममा एरिया संयोजक सन्दीप कसौधन र एन आर एन कंगोका प्रतिनिधि अमृत छेत्रीबाट १ सय र पाल्पामा रहेको ८ वटा क्लब र दाताहरुबाट दुई सय ५२ गरि तीन सय ५२ वटा सिलिण्डर संकलन गरि वितरण गरिएको थियो ।

संकलन गरिएका मध्य पाल्पा अस्पतालमा एक सय ७ थान, तानसेन नगर पालिकालाई ५० थान तथा युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजलाई

३०।३० थान सिलिण्डर वितरण गरिएको थियो ।

यस्तै रामपुर नगरपालिका, निस्दी, पूर्वखोला रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ, बगनासकाली, र माथागढी गाउँपालिकालाई १५।१५ थान सिलिण्डर वितरण गरिएको पाल्पा लायन्स क्लबका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताए ।

पाल्पा अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पान्डेले विश्व नै महामारीमा फसेको समयमा अक्सिजन सहयोग गरेकोमा एन आर एन कंगोका प्रतिनिधि तथा लायन्स क्लबका सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।आगामी दिनहरुमा समेत यस्तै सहयोगको अपेक्षा गरेको अध्यक्ष पाण्डेले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको