
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा १० बेडको अस्पताल निर्माणका लागि पूर्ननिमार्ण प्राधिकरणबाट बजेट प्राप्त भएको छ ।
नेपाल सरकारको योजना अनुसार प्रत्यक गाउँपालिकामा कम्तिमा १० वेडको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्य अनुसार गाउँपालिमा बजेट आएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिए ।
अस्पताल निर्माणका लागि आवश्यक सम्पूर्ण बजेट प्राधिकरणले व्वस्थापन गर्ने अध्यक्ष जिसीले जानकारी दिए । बजेट प्राप्त भएसंगै प्राथमिक स्वास्थ्य केन्द्रलाई खस्यौली प्राथमिक अस्पतालका रुपमा निर्माण गरिने अध्यक्ष जिसीले बताए ।
अस्पताल निर्माणका लागि आवश्यक जग्गा दान गर्ने दाता समेत भेटिएको हुँदा टेण्डर प्रकृया अघि बढाएर काम अघि सर्ने छ । गाउँमै अस्पताल निर्माण हुने भएपछि स्थानीयलाई सामान्य उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यता हट्ने विश्वास गाउँपालिकाले लिएको छ ।
अस्पताल निर्माणका लागि आवश्यक प्रकृया जिल्ला आयोजना कार्यान्वय इकाई भवन पाल्पाबाट हुने कार्यालयका प्रमुख टिकाबहादुर थापाले बताए ।