पाल्पाका लागि चार कन्सन्ट्रेटर प्राप्त

तानसेन । पाल्पाका दुई अस्पताललाई चार वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ ।

टेक्सास नेप्लिज मेडिकल एशोसिएसन, अमेरिकाबाट प्राप्त चार वटा अक्सिजन कन्सन्ट्रेटर पाल्पा र रामपुर अस्पताललाई प्रदान गरिएको हो ।

सोमबार एक कार्यक्रमका बीच पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पाल्पा र रामपुर अस्पताललाई दुई।दुई वटा अक्सिजन कन्सन्ट्रेटर गरेका हुन् ।

प्रजिअ पाण्डेले कोरोना महामारीका बेला विदेशमा बस्ने नेपालीहरुले देशबासीका लागि गरेको सहयोगका लागि धन्यवाद दिए।

उनले अहिले अक्सिजन अभाव भएर धेरै बिरामी समस्यामा परेको हुँदा सहयोग सामग्री पाएसंगै जिल्लाबासीका लागि उपचारमा सहज हुने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer