तानसेन। पाल्पामा पछिल्लो २४ घण्टामा थप ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ३४ महिला तथा २३ पुरुषले पछिल्लो २४ घण्टामा कोरोना जितेका हुन।

यस्तै पछिल्लो २४ घण्टामा थप २० जनामा संक्रमण पुष्टि भएको स्वास्थय कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।

दुई जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा एक जना पुरुष तथा ६० जनाको पिसिआर  विधिबाट परीक्षणका ५ जना महिला तथा १४ जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले बताए ।

हाल पाल्पामा ८०० जना सक्रिय संक्रमित रहेका छन् । पाल्पामा कोरोना संक्रमण भएपछि हालसम्म ९७ जनाले ज्यान गुमाएकाे स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ ।

 

तपाईको प्रतिक्रिया