
तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८।०७९ को लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
बुधबार दशौं गाउँसभामा आगामी आर्थिक वर्षका लागि गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले ४६ करोड २६ लाख ३२ हजार बराबरको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
आगामी आर्थिक वर्षको वर्षको बजेटमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका साथै कोरोलाने प्रभाव पारेका क्षेत्रका लागि प्राथमिकता दिईएको छ । यस्तै बालमैत्री स्थानीय शासन कार्यन्वयन, शिक्षा, कृषि तथा पशुपालन जस्ता विषयमा प्राथमिकता दिईएको अपाध्यक्ष चिदीले बताईन ।
नीति तथा कार्यक्रममा किसानका लागि बाली बीमाको सुरुवात, विद्यार्थीका लागि शैक्षिक प्रमात्रपत्र राखेर ऋणको व्यवस्था, सबै स्वास्थय चौकी तथा वडा कार्यालयसम्म पुग्ने सडक बाह्रै महिना सुचारु हुने व्यवस्था, खेल मैदानको व्यवस्था, बादर तथा अन्य जंगली जनाबरको नियन्त्रणमा पहल तथा विपद् न्यूनिकरणका लागि बजेटको विनियोजन गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै कृषि उत्पादनमा वृद्धि गरि युवा स्वरोजगारमा वृद्धि गर्नका लागि दुध तथा अन्य उत्पादनमा अनुदानको व्यवस्था गर्ने प्रस्तावमा उल्लेख गरिएको छ । यस्तै जेष्ठ नागरिकको उच्च सम्मान तथा सल्लाह सूझावको कार्यनवयन, आदीबासी तथा युवाका लागि मागमा आधारित कार्यक्रमहरु संचालन, पर्यटन प्रर्वद्धन जस्ता विषयलाई समेत समेटेर बजेट ल्याउने तयारी गरेको पालिकाले जनाएको छ ।
दशौं गाउँसभालाई सम्बोधन गर्दै पालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बगनासकाली गाउँपालिकाले विगत ४ वर्षमा स्थानीयको जीवस्तर उकास्न तथा पूर्वाधार निर्माणका पक्षमा केही कामको सुरुवात गरेको बताए ।
उनले गतवर्षदेखि कोरोना महामारीले विकास निर्माण तथा अन्य कामहरुमा समेत केही बाधा पुगेको हुँदा आगामी आर्थिक वर्षमा कोरोना न्यूनिकरणसंगै अन्य क्षेत्रको विकासमा ध्यान दिने बताए ।