तानसेन । पाल्पाली परिवार ओमनले जिल्लाका ३ विद्यालयलाई १ लाख ३३ हजार बराबरको अक्षयकोष स्थापना गरेको छ ।

पाल्पा जन्मभूमी भएका र हाल कामको सिलसिलामा ओमनमा रहेकाहरुको संस्थाले तानसेन नगरपालिका वडा नं. ६ को कुनसरे आधारभूत विद्यालय र तानसेनकै गडसालको बालकन्या भगवती आधारभूत विद्यालयलाई ४१। ४१ हजार तथा रिब्दीकोट गाउँपालिकाको महेन्द्र जनता प्राथमिक विद्यालयलाई ५१ हजारको अक्षयकोष स्थापना गरेको हो ।

शनिबार एक कार्यक्रमका बीच संस्थाका कोषध्यक्ष शिवप्रसाद गैरेले कुनसरे आधारभूत विद्यालय र श्री बालकन्या भगवती आधारभूत विद्यालय गडसालमा रकम हस्तान्तरण गरेका छन् ।

रकम हस्तान्तरण गर्दै पाल्पाली परिवार ओमनका कोषाध्यक्ष शिव प्रसाद गैरेले जिल्लाको शिक्षा क्षेत्रमा योगदान गर्ने उद्देश्य अनुसार यो अक्षयकोष खडा गरिएको बताए ।

उनले जिल्लाको शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्नका लागि आफूले आफ्नो खर्च कटाएर सहयोग रकम जुटाएको बताए । उनले अक्षयकोषको रकमबाट गरिब र जेहेन्दार विद्यार्थीका लागि सहयोग प्रदान गर्न पनि विद्यालयहरुलाई अनुरोध गरे।

हालका लागि जिल्लाका ३ वटा विद्यालय छनौट गरि अक्षयकोष स्थापना गरिएको भए पनि अन्य क्षेत्रमा पनि सहयोग गर्न आफूहरु तयार परिवारले जनाएको छ ।

कार्यक्रममा कुनसरे आधारभूत विद्यालयका प्रध्यनध्यापक इन्द्र बहादुर सारुले प्रवासीहरुले आफ्नो जन्मथलो प्रतिको माया र जिम्बेवारी सम्झी आफ्नो परिवारको गासकाटेर विद्यार्थीको भविष्यप्रति द्खाएको चासोको प्रसंसा गरे । उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

यस्तै श्री बालकन्या भगवती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेले परोपकारी भावनाका साथ अगाडि बढ्दै गएको पाल्पाली परिवार ओमनलाई शुभकामना व्यक्त गर्दे यस कोषले विद्यालयमा पढ्न आउने गरिव तथा जेहेनदार विद्यार्थीको हौसला मात्र नभई पढाईप्रति पनि रुची वढ्ने बताए ।

तस्वीरः सुमन कार्की

सहयोग प्राप्त भएसंगै गरिब विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास विद्यालयहरुले लिएका छन् ।

तपाईको प्रतिक्रिया