अनुदानमा कृषि सम्बन्धी औजार तथा उपकरण वितरण

पाल्पा । तानसेन नगरपालिकाभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सम्बन्धी औजार तथा उपकरण वितरण गरिएको छ ।

तानसेनभित्रका कृषि तथा उद्यमशीलतामा क्रियाशिल युवा तथा महिलालाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा हाते ट्रेक्टर, कम्बाइन मिल र कटर वितरण गरिएको हो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कृषि क्षेत्रको विकासबाट नगरपालिकाले आफ्नो पहिचान कायम गर्न खोजेको बताए ।

तानसेनलाई तरकारी, दुध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य रहेकाले नगरपालिकाले किसानलाई मल, बिउ तथा उपकरणमा सहुलियतमा सुविधा दिदै आएको बताए ।

कृषि उपकरण वितरण कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेवी पाठक, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेय, वडा अध्यक्षहरू, सूचना अधिकारी दुर्गाबहादुर थापा, सामाजिक विकास शाखा प्रमुख भरत आचार्य, लेखा प्रमुख कोशलराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाले कृषक समूह, सहकारी तथा व्यक्तिलाई समेत उत्पादन र मागका आधारमा ३० वटा हाते ट्रेक्टर, १४ वटा कम्बाइन मिल र १७ वटा कटर वितरण गरेको कृषि तथा पशु शाखाका दानबहादुर कँवरले बताए ।

तपाईको प्रतिक्रिया