
पाल्पा । तानसेन नगरपालिका १४ अर्गलीस्थित ऋषिकेश मन्दिर क्षेत्रमा बसोबास गर्ने भतनी आमाहरुलाई चामल वितरण गरिएको छ ।
तानसेन नगरपालिकाले कोभिडको समयमा चामल, दाल वितरण गएको हो ।
२५ किलोग्रामका १० बोरा चामल र २० किलो दाल वितरण गरिएको हो । तानसेन नगर प्रमुख अशोक कुमार शाहीले नगरको सानो सहयोगले भतनी आमाहरुलाई राहत हुने बताए ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सुराम भटट्राईले नगरको सहयोगले आमाहरुलाई ठूलो गुन लगाएकोले प्रसशां गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख लक्ष्मीदेबी पाठक, प्रमुख प्रशासकीय अधिृकत पिताम्वर पाण्डेय, प्रवक्ता दामोदर घिमिरे, वडाध्यक्ष कमल रानाको उपस्थिति रहेको थियो ।