रामपुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

रामपुर। रामपुर नगरपालिकालाई युएईमा रहेका रामपुरका युवाहरूको पहलमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको असरले देश नै प्रभावित भइरहेको बेला विदेशमा बस्ने जिल्लाबासीले २ लाख ४० हजार बराबरको सहयोगमा ५।५ लिटरका ४ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेका हुन् ।

शनिबार एक कार्यक्रमका बीच रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।

पाल्पाली समाज यु ए इ का कार्यबाहक अध्यक्ष ओमकुमारी खाँणको विशेष पहल तथा समाजका सदस्य पाल्पाली कान्छाको सहभागितामा उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

सामग्री बुझ्दै नगर प्रमुख थापाले विदेशमा रहेर पनि स्वदेशको पीडालाई सम्झेर रकम संकलन गरि रामपुर नगरपालिकामा कोरोनाको जोखिममा न्यूनीकरण गरेको सहयोगको प्रसंशा गरे । आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा नगरपालिकाले गरेको प्रमुख थापाले बताए ।

प्राप्त अक्सिजन कन्सन्ट्रेटरबाट नगपालिकामा बढ्दो कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया