
काठमाण्डाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा लिने तयारी गरेको छ ।
बोर्डले साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु गर्ने निर्णय गरेकाे छ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर अर्थात आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् ।
भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ ।
परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा हुनेछ ।
परीक्षामा देशभरबाट ३ लाख ७७ हजार विद्यार्थीहरू सहभागी हुनेछन् ।