
तानसेन। पाल्पामा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्थानीय तहहरु तथा अस्पतालमा एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १० पुरुष तथा ११ महिला गरि २१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट कुनै परीक्षण भएको छैन । पछिल्लो समय परीक्षणमा कमी आए पनि संक्रमण भने बढ्दो क्रममा रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।
अहिले पनि जिल्लामा ३६८ जना कोरोना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३५ जना संक्रमित भने संक्रमणमुक्त भएका छन् ।