लायन्स क्लब अफ रणउज्जेश्वरी महिला क्लबको संयोजनमा फेलोसिप

पाल्पा । लायन्स क्लब अफ रिजन ५५ को आयोजना र लायन्स क्लब अफ रणउज्जेश्वरी महिला क्लबको संयोजनमा फेलोसिप कार्यक्रम बिहिबार तानसेनमा सम्पन्न भएको छ।

पाल्पा एरिया को १५ वटा क्लब र डिस्तिक पदाधिकारीको सहभागीता रहेको कार्यक्रममा पाल्पामा लायन्स गतिविधि बारे छलफल गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डिस्तिक चिफ सुशील प्रधानले पछिल्लो समय पाल्पामा लायनमय भएको र क्लबमा उठाइएको शुल्क विभिन्न समयमा नेपाल मै खर्च भएको बताए ।

भुकम्प ,कोरोनाको बेला लायन्स क्लबले महत्वपूर्ण काम गरि जनता को सेवा गरेको बताए ।

सो अबसरमा एडभाइजरहरु बुद्धि प्रसाद शर्मा , लुम्बिनी प्रदेश सभाशद डाक्टर पुरनमान बज्राचार्य, त्रिलोचन पौडेल डेपुटी चिफहरु राजेन्द्र लिगल शशी श्रेष्ठ रिजन चियर पर्सन झमन बहादुर राज मगर जोन चिएर पर्सन सुरेन्द्र पौडेल पाल्पा लायन्स क्लबका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, लायन्स क्लबको विविध बिषय मा चर्चा गर्नु भएको थियो।

कार्यक्रम लायन्स क्लबका उपाध्यक्ष सुनिता रानाको सन्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया