पाल्पा ।रिब्दीकोट गाउँपालिका भित्रका शिक्षकहरुले कोरोना खोप लगाउन पाउनुपर्ने बताएका छ्न ।
गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयका शिक्षक तथा कर्मचारीहरुले जिल्ला तथा स्थानीय तहको उपेक्षाले कोरोनाको खोप लगाउनबाट बन्चित भएको हो ।
प्रत्यक्ष बिद्यार्थी तथा अभिभाबक संग सम्पर्क हुने शिक्षकहरुलाई खोपको निम्ति ब्यबस्था गर्न अपिल गरेको छन् ।
शिक्षक तथा कर्मचारीहरुले खोपका लागि गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार रिब्दीकोट गाउँपालिका भित्रका पेशागत संघ, संगठन, प्रअको सामुहिक निर्णयले खोपको ब्यबस्था नगर्दा सम्म बिद्यालयमा भएका अनलाइन कक्षा,कक्षा ११,१२को परीक्षा, इएमआइएस भर्ने काम, लगायत बिद्यालयका सम्पूर्ण गतिबिधि बन्द गर्ने निर्णय भएको नेपाल राष्ट्रिय शिक्षक संगठन रिब्दीकोटका अध्यक्ष रुद्र प्रसाद आचार्यले बताए ।