काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।

बोर्डले २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको जनाएको छ ।

बोर्डले हाल सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा प्राप्त भएको हुँदा नम्बर रुजु गर्ने काममो समेत थालनी भएको बताउदै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र नतिजा प्रकाशन हुने जनाएको छ ।

७७ सालको एसईई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए । दोस्रो लहरको कोरोना महामारी बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसईई परीक्षा स्थगित भएको थियो ।

गत जेठ १३ देखि एसईई परीक्षा सञ्चालन गर्ने तयारी भए पनि कोरोना संक्रमण बढेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया