
काठमाडौं । कास्कीमा जारी निषेधाज्ञालाई साउन २७ गतेसम्मका लागि लम्ब्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेको जनाउदै आगामी साउन २७ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेको जनाउदै निषेधाज्ञा कायम राख्ने निर्णय गरेको थियो ।
प्रशासनले थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिका प्रावधानलाई कायमै राख्ने जनाएकाे छ ।