काठमाडौं । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगरबार बसेको बैठकले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयसँगको समन्वयमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

बैठकमा शैक्षिक सत्रलाई असर पर्ने भएका कारण कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएर जनस्वास्थ्यको मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्नुपर्ने धारणा सांसदहरुले राख्भेका थिए ।

बैशाखमा हुनुपर्ने परीक्षा कोभिड १९ को संक्रमणका कारण स्थगित गरिएको थियो ।

साउन को ३१ गतेदेखि गर्ने तयारी भैरहेकै बेलामा पुन: स्थगित गरिएको परीक्षा कहिले सञ्चालन हुन्छ भन्ने अन्यौल कायमै छ ।

तपाईको प्रतिक्रिया