काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।

यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएकोमा  कोरोना संक्रमण जाेखिमका कारण  परीक्षा स्थगित गरिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।

 

हेर्नुहोस् परीक्षाकाे समय तालिकाः

तपाईको प्रतिक्रिया