तानसेनका एघारसहित थप १७ जनामा कोरोना पुष्टि

तानसेन । पछिल्लो २४ घण्टामा पाल्पामा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार थप ६ पुरुष तथा ११ महिला गरि १७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित थपिएका मध्ये माथागढी गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ११ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको १०२ जनाको परीक्षण गरिएकोमा ११ जना महिला र ६ जना पूरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा २१ जना संक्रमित निको भएका छन् । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १७६ पुगेको छ ।

सक्रिय संक्रमितमध्ये १६३ जना होम आइसोलेसनमा र १३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया