तानसेन। पाल्पामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँको झक्रीस्थानका ३५ वर्षीय दिपक भट्टराई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका साढे सात बजे आफ्नै घरदेखि ५ सय मिटर माथी गोरेटो नजिकै बारीको कुनामा भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायव उपरीक्षकसहितको टोली घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया