रामपुरमा एक पुरुष मृत फेला

तानसेन । पाल्पाको रामपुरमा एक पुरुष मृत फेला परेका छन् । रामपुर नगरपालिका वडा नं.–६ तिलकपुरका ४५ वर्षीय खग बहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ ।

कुमाल चिप्लेढुंगास्थित रहको आफ्नै खेतमा पानी लगाउने कुलोको बाँधमा शुक्रबार बिहान बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खग बहादुरका १७ वर्षीय छोरा सुजन कुमालले बिहान बजे खेतमा पानी लगाउन जाने क्रममा बाबुलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया