
तानसेन। पाल्पामा डेङ्गुका कारण जनप्रतिनिधिको मृत्यु भएको छ । रम्भा गाउँपालिका वडा नं.१ का वडा सदस्य हुम बहादुर सिंजालीको डेङ्गुका कारण मृत्यु भएको रम्भा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
सिंजालीलाई आइतबारदेखि स्वास्थ्यमा समस्या देखिएरपछि उपचारका क्रममा तानसेनको युनाइटेड मिसन असपतालपछि मंगलबार बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पताल क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिए ।
मंगलबार दिउसो डेड्गु संक्रमण भएको र उपचारका क्रममा बेलुका मृत्यु भएको अध्यक्ष भण्डारीले बताए ।
वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकाले पालिका भर बुधबार शोक विदा दिएको छ । ५७ वर्षीय सिंजाली गत स्थानीय तहको चुनावमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थिए ।
सिंजालीको श्रीमती, एक छोरी र दुई छोरा रहेका छन् ।