रामपुर ।नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगर कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।
नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष डिल बहादुर कौशीको अध्यक्षता र नेकपा एमाले केन्द्रिय सदस्य एंव पुर्व भुमिसुधार मन्त्री माननीय संघीय सांसद दल बहादुर रानाको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
सदियौदेखि पिछडिएका कथित दलित समुदायका उत्थानका लागि र गरिब सर्बहारा वर्गको हितका निम्ति बैठकमा छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय दल बहादुर रानाले समाजका टोल/टोलदेखि हरेक क्षेत्रमा दलित समुदायका समस्या, मुद्दा अनि हक अधिकार सुनिश्चित गर्नका लागि कथित दलित समुदाय भित्रैबाट देखिएका कमजोरी पक्षहरुलाइ सुधारेर आफ्नै समुदाय नै लागि पर्नुपर्ने बताए ।
उनले स्थानीय तहदेखि हरेक तह निकायमा आफ्ना ठाँउको उत्थान, विकास र परिवर्तनका लागी सहभागितासंगै पहुँच पुर्याउनु पर्ने बताए । उनले भने -‘अबका दिनमा जातिय विभेदका घटनाहरुबाट ग्रसित हुन नपरोस, र हाम्रो पार्टी नेकपा एमाले पनि सदैव तपाईं अनि तपाईंको समुदायका लागि अहोरात्र लागिपर्नेछ भन्ने प्रतिबद्धता समेत जनाउेछौं ।’
बैठकमा नेपाल उत्पीडित जातिय मुक्ति समाज रामपुर नगर सल्लाहकार सदस्य केश बहादुर नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको थियो। नेपाल उत्पीडित जातीय मुक्ति समाज नगर कमिटीका सचिव संजय नेपालीले स्वागतमा बैठक सम्पन्न भएको थियो ।