पाल्पा दरबारमा रहेको सैनिक संग्रहालयकाे उद्घाटन

तानसेन। नेपाली सोनाको पाल्पास्थित गोरखदल गणले निर्माण गरेको सैनिक संग्रहालयको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन् ।

पाल्पा दरबार संग्रहालयको माथिल्लो तलामा रहेको सैनिक संग्रहलयको उद्घाटन गर्दै प्रधानसेनापति शर्माले संग्रहालयलबाट सैनिकको इतिहास र नेपाल एकीकरणको बेला सेनाले खेलेको भुमिकाको विषयमा जानकारी लिन सकिने बताए ।
सैनिक संग्रहालयमार्फत नेपाल अग्रेज युद्धको स्मरण हुनुका साथै अध्ययनकर्ताका लागि संग्रहालय महत्वपूर्ण स्थल बन्ने प्रधानसेनापति शर्माले बताए ।

संग्रहालयमा सेनाको इतिहासका साथै वीर गोर्खा फौज र अंग्रेज सेनाबीच भएको लडाइँलाई स्मरण गराउने सामग्री राखिएको छ । सोही बखत तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीको अंग्रेज फौजलाई हराएको जितगढी, नुवाकोट गढी किल्लाका सम्झनामा समाग्रीहरु राखिएको गोरखदल गणका गणपति सेनानी जनककुमार बस्नेतले बताए ।

संग्रहालयभित्र वृतचित्रमार्फत नेपाल–अंग्रेज युद्धको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर पनि निर्माण भएको छ । तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शनलगायत संग्रहित गरी राखिएको गोरखदल गणका गणपति बस्नेतले बताए ।

पश्चिम नेपाल एकीकरणको दौरान तथा अंग्रेज नेपाल युद्धको समयमा प्रयोग भएका युद्ध सामाग्रीहरु तथा प्रतिक बनाई संग्रहालयमा प्रदर्शनमा राखिएको छ ।

सेनाको ऐतिहासिक तथा हाल प्रयोग भएका पोशाकहरु तथा सरकारबाट सेनालाई प्राप्त आभूषण तथा विभूषण संकलन गरी प्रदर्शनीमा राखिएको संग्रहालय झन्डै १ करोड २५ लाखको लागतमा निर्माण भएको नेपाली सेनाले जानएको छ ।

तपाईको प्रतिक्रिया