
तानसेन। जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे)ले अपाङ्गता भएकी एक महिलालाई रु एक लाख सहयोग गरेका छन् ।
तानसेन नगरपालिका– वडा नं.५ कैलाशनगरकी तारा अर्याललाई उनले सहयोग गरेका हुन् । तानसेनमा भएको एक कार्यक्रममा उक्त सहयोग अर्याललाई हस्तान्तरण गरिएको हो ।
सोही अवसरमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग गरेकामा काकिमीलाई धन्यवाद दिए । उनले अपाङ्गता भएका व्यक्तिलाई समाजमा सम्मान र अवसर दुवै आवश्यक भएको नगरप्रमुख शाहीले बताए ।
काकिमीले पाल्पाका विभिन्न क्षेत्रमा शिक्षा तथा खानेपानीमा नागरिकको पहुँच विस्तारका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।