
तानसेन।पाल्पाको रामपुरमा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नं. ६ विजयपुरका ३५ वर्षीय राजु पौंडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको सूचना अनुसार पौडेलको माछा मारेर घर फर्किने क्रममा कुलोमा डुबेर मृत्यु भएको हो । कुलोमा डुबेको देखेपछि स्थानीय र परिवारको सहयोगमा रामपुर अस्पताल पर्याउदा उनलाई डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले बताए।
उता स्थानीयले भने माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताएका छन् ।
हाल जिल्लामा माछा मार्नका लागि करेन्ट लगाउन प्रतिबन्ध लगाइएको भएपनि लुिकछिपी माछा मार्ने कार्य भने रोकिएको छैन , घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।