
गुल्मी। बिहिवार रातिदेखि परेको पानीसँगै गुल्मीका उच्च पहाडी स्थानमा हिमपात भएको छ ।
जिल्लाका रेसुङ्गा, मदाने, सालिमेदहलगायतका उच्च पहाडी स्थानमा हिमपात भएको हो । गएको पुस महिनाको १५ गते रेसुङ्गामा ब्यापक हिउँ परेको थियो । यसवर्ष रेसुङ्गामा दोस्रो पटक हिउँ परेको छ ।
शुक्रबार पनि बिहानैदेखि परेको पानीसंगै जिल्लाका उच्च स्थानमा हिउँ परिरहेको छ । सदरमुकाम तम्घासबाट उच्च स्थानमा रहेको रेसुङ्गाडाँडामा हिउँपर्दा तम्घास बजार बासीले नजिकैबाट हिउँ परेको देख्न पाएका छन् ।
सधै जसो हरियाली डाँडा देखिने रेसुङ्गामा हिउँपर्दा मनमोहक दृश्य बनेको छ । जिल्लाको मदाने मालिका गाउँपालिकाका अग्लो स्थानहरुमा पनि हिउँ परेको मनमोहक दृश्य बनेको छ । यस्तै जिल्लाका सालिमेदह लगायतका उच्च स्थानहरुमा पनि हिउँ परेको छ ।
२०६२ सालको फाल्गुनमा जिल्लाको सदरमुकाम तम्घास बजारमै हिमपता भएको थियो । त्यसपछि भने तम्घास बजारमा हिम पात भएको छैन् । गुल्मी जिल्लाका अन्य उच्च स्थानमा भने जाडो सिजनमा हिमपात हुदै आएको छ ।
उच्च स्थानमा हिमपात भएसगै गुल्मी जिल्ला भर अत्याधिक चिसो महसुस भएको छ । चिसोका कारण बजारमा चहलपलह समेत घटेको छ ।
हिउँदे वर्षातले कृषकलाई राहत
वर्षातले कृषकहरुले लगाएका तरकारी, फलफुल अन्य वालीलाई राहत मिलेको छ । हिउँदे वर्षात बेमौसमी तरकारी तथा अन्न वालीमा राहत मिलेको कृषकहरुले बताएका छन् ।
पानी पर्दा किसानले लगायका तरकारी फलफुल लयागत हिउँदेवालीमा निकै राहत मिलेको हो । मुख्य वाली भित्राएर खाली रहेका खेत वारीमा हिउँदे वर्षातले किशानले बेमौसमी खेतीपाती समेत गर्न राहत मिलेको छ ।
हिउँदमा पर्ने पानीले खानेपानीको समस्यामा पनि राहत मिलेको छ । सख्खा सिजन सुरु भएलगत्तै जिल्लाका बिभिन्न स्थानमा खानेपानीका मुहानहरु सुक्दा थालेपछि खानेपानी लिन धेरै टाढा धाउनु पर्ने बध्याता हुन्छ । हिउँदे वर्षाले खानेपानी समस्या भएका स्थानियलाई केही मात्रामा भएपनि राहत मिलेको स्थानीयले बताएका छन् ।
अनिल खत्रीको सहयोगमा