तानसेन। प्रेस चौतारी नेपाल पाल्पा शाखाको अध्यक्षमा कृष्ण कार्की सर्वसम्मत चयन भएका छन् ।
शनिबार तानसेनमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट कार्कीको नेतृत्वमा १७ जनाकाे कार्यसमिति चयन भएको चाैतारीले जनाएकाे छ । जसकाे उपाध्यक्षमा बन्दना पोखरेल र बिष्णुप्रसाद घिमिरे चयन भएका छन् ।
यस्तै सचिव नारायण न्यौपाने, सहसचिवमा सन्तोष ज्ञवाली र धनबहादुर ठाडा तथा कोषाध्यक्षमा नेत्रप्रसाद गैरे चयन भएका छन् ।
कार्यसमिति सदस्यमा रीमा सोमै, सुनिल कार्की, विजय वौडेल, सुवास विश्वकर्मा, शोभाकान्त पाठक, जनकराज भट्टराई, कृष्ण पौडेल तथा भुवन रायमाझी चयन भएका छन् ।
यस्तै मनोनित सदस्यमा डिल्लीराज पंगेनी र दिलबहादुर गाहा चयन भएका छन् ।
यस्तै प्रदेश प्रतिनिधि पदमा राजेन्द्र लिगल, रामप्रसाद न्यौपाने, केशवराज नेपाल र गीता ज्ञवाली चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा किरण कौशल, नरभुपाल विश्वकर्मा (मिलन) र बन्दना पोखरेल चयन भएको प्रेस चौतारीले जनाएको छ ।
रायमाझीको आपत्तिः
यसैबीच कार्यसमिति सदस्यमा चयन भएका रायमाझीले भने आफ्नो इच्छा विपरित सदस्यमा नाम राखेको भन्दै आपत्ति जनाएका छन् ।
उनले अफ्नो अनुमती बिना सदस्य बनाएको भन्दै नेतृत्व चयन गर्नेप्रति घोर निन्दा भएको जनाएका हुन् । उनले ‘टिके प्रथा र पार्टी कार्यालयले मेरो अनुमती बिना सदस्य कायम गरेकोमा घोर निन्दा छ।’ भनेका छन् ।