पाल्पामा बालुवा चोरी गर्दै गर्दा पुनः एक ट्याक्टर प्रहरी नियन्त्रणमा

पाल्पा।जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध बालुवा चोरी गर्दै गर्दा एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

रामपुर नगरपालिका वडा नं. ३ स्थित निस्दी खोलामा रजघरा, खयरबोट जोड्ने झोलुङ्गे पुल नजिकै लु ४ प २७९६ नम्बरको ट्याक्टरले अवैधानिक रुपमा गिट्टी, बालुवा निकासी गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीको विशेष टोलीले मोटरसाइकल गस्ती गरी चोरी गर्दै गर्दा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले बताए ।

नियन्त्रणमा लिएको ट्यक्टरलाई कारबाही गर्द रामपुर नगरपालिकामा पठाइएको प्रहरीले जनाएको छ ।

पाल्पा प्रहरीले दुई दिन अघि पनि अवैध रुपमा बालुवा निकासी गर्दै गर्दा चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।

तपाईको प्रतिक्रिया