कक्षा १२ को परीक्षा जेठ १६ देखि हुने

पाल्पा । कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठमा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले जेठ १६ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको हो । यस अघि जेठ १८ गतेदेखि हुने भनिए पनि आज बसेको बोेर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन् । बोर्डले सोहीअनुसार परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।

तपाईको प्रतिक्रिया