पाल्पा।नेकपा माओवादी केन्द्र रैनादेवी छहरा गाउँ कमिटी वैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज अनिल किशोर घिमिरेले अहिलेको निर्वाचन माओवादीका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।
रुपान्तरणका लागि स्थानीय तहमा माओवादी केन्द्रको नेतृत्व आवश्यक रहेको उनले बताएका हुन । प्रदेश सदस्य राजेन्द्र बिश्वकर्माले शान्ति, संविधान र विकासको लहर ल्याउन माओवादीको भुमिका रहेको बताएका छ्न । आगामी निर्वाचनमा कार्यनीति बनाइ अगाडि बढने उनले बताए ।
निर्वाचनमा गठबन्धन औचित्यमाथी प्रकाश पारेका थिए । अर्का सदस्य तुलराम गरजाले गाउँपालिकाभित्र माओवादी संगठन बलियो बनेको बताएका छ्न ।
संगठन बलियो बनेकोले स्थानीय तहको निर्वाचन बिजय हुने बताए । नेकपा माओवादी केन्द्र रैनादेबी छहरा गापा अध्यक्ष कृष्ण भन्दारीको अध्यक्षता,उपाध्यक्ष पदम सोमैको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा युगराज थापा,नित्यानन्द्र पोखरेल लगायतले माओवादिको मुद्दासहित नागरिकका घर दैलोमा जानुपर्ने बताएका हुन । रैनादेवी छहरा गाउँपालिकाभित्र कार्यकर्ताहरुले चुनाव केन्द्रीत विचार राखेका थिए ।
साेही अवसरमा घोषणा पत्र कस्तो बनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो ।