एसईई परीक्षामा पाल्पाबाट ४ हजार ८ सय ३९ जना परीक्षार्थी सहभागि हुँदै

तानसेन। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा पाल्पाबाट यो वर्ष ४ हजार ८३९ जना परीक्षार्थी सहभागि हुने भएका छन् ।

जसका लागि  जिल्लाका २६ केन्द्रमा २ हजार ४ सय ४९ छात्रा र २ हजार ३ सय ९० जना छात्रा गरी ४ हजार ८ सय ३९ जना परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।

कोरोना संक्रमणका कारण कारण आन्तरिक मूल्यांकनबाटै नतिजा प्रकाशन हुँदै आएकोमा यो वर्ष भने लिखित रुपमै परीक्षा गर्ने तयारी भएको छ। । परीक्षाको लागि आवश्यक केन्द्र छनौट र तयारी गरिएको पनि इकाईले जनाएको छ ।

यो वर्ष नियमित परीक्षार्थीसंगै प्राविधिक तर्फ २२१ जना ग्रेडवृद्धि तर्फ ५८ जना विद्यार्थीहरु सहभागि हुनेछन् । भने फरक क्षमता भएका अपाङ्ग परीक्षार्थीहरु भने परीक्षामा सहभागि नहुने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया